Kathmandu Press

नेकपा एकीकृत समाजवादीको बैठक सुरु

नेकपा एकीकृत समाजवादीको बैठक सुरु

काठमाडौं, पुस ११ : नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको सातौं बैठक आज सुरु भएको छ। शुक्रबारसम्म चल्ने बैठकको पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा उद्घाटन गरिएको छ। 

अगामी जेठमा गर्ने पार्टीको अधिवेशन तयारीका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल गर्नका लागि बैठक आयोजना गरिएको महासचिव घनश्याम भुसालले बताए। आजको बद्लिदो अन्तर्राष्ट्रिय परिस्थिति, विज्ञान र प्रविधि र सामाजिक विज्ञानदेखि लिएर अन्य विविध विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए।

Hardik ivf

पार्टी अध्यक्ष माधवकुरमार नेपालको संयोजकत्वमा २७ सदस्यि कमिटी गठन गरेको बताउँदै उनले महाधिवेशको लागि घनिभूत छलफल गर्न मस्यौदा तयार गर्ने बताए। उनले भने, ‘हामी महाधिवेशनसम्म पुग्ने सांगठनिक व्यवधानहरु खोल्ने र सांगठनिक रुपमा बलियो उपस्थिति जनाउनमा केन्द्रित छौं।’

महाधिवेशनसम्म जान आवश्यक कुराहरुमा बैठक केन्द्रित रहने उनको भनाइ छ  ।  बैठकमा पार्टी अध्यक्ष नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको जनाइएको छ। विधान संशोधन गर्न एकीकृत समाजवादीले आगामी माघ १४ र १५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ।
 

प्रकाशित मिति: १३:३४ बजे, बुधबार, पुस ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्