Kathmandu Press

राष्ट्रपतिद्वारा कालिका भगवतीकाे दर्शन र शालिग्राम सङ्ग्रहालय अवलोकन

सातौं बागलुङ महोत्सव उद्घाटनका लागि आज यहाँ आएका राष्ट्रपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै शालिग्राम सङ्ग्रहालय अवलोकन गरेका हुन्।
राष्ट्रपतिद्वारा कालिका भगवतीकाे दर्शन र शालिग्राम सङ्ग्रहालय अवलोकन

बागलुङ, पुस ११ : राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना र शालिग्राम सङ्ग्रहालय अवलोकन गरेका छन्। सातौं बागलुङ महोत्सव उद्घाटनका लागि आज यहाँ आएका राष्ट्रपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै शालिग्राम सङ्ग्रहालय अवलोकन गरेका हुन्। अवलोकनपछि राष्ट्रपति पौडेलले विष्णु भगवानको प्रत्यक्ष अवतार शालिग्रामको सङ्ग्रह गरेकामा धन्यवाद दिए।

Photo-(1)-1703660952.jpeg

उनले बागलुङसँगको आफ्नो सम्बन्ध निकट रहेको उनले उल्लेख गरे। 'मैले बागलुङमा धेरै समय बिताएँ,' राष्ट्रपति पौडेलले भने। उहाँले २०४६ सालको जनआन्दोलनमा  बागलुङ कारागारमा जेल जीवन बिताएको उल्लेख गरे। राष्ट्रपति पौडेलले कालीगण्डकीको धेरै ठुलो महत्व रहेकाले यसको संरक्षणमा जोड दिए। कालीगण्डकीको संरक्षण नगरे बागमतीको जस्तै अवस्था हुने उनले बताए। 

Hardik ivf

Photo-(2)-1703660952.jpegउनले भने 'म बागलुङको मायाले यो स्थानमा पुगेको छु, यहाँ मैले धेरै समय बिताएको छु, यहाँको जनताले मलाई यहाँसम्म पुर्‍याएका हुन्।' नेपाल धार्मिक, सांस्कृतिक र परम्पराले भरिएको मुलक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सांस्कृति पक्षको संरक्षणमा सबै पक्षले ध्यान दिनुपर्ने बताए।

Photo-(4)-1703660945.jpeg

Photo-(3)-1703660945.jpeg

Photo-(6)-1703660944.jpeg

Photo-(5)-1703660944.jpeg

Photo-(8)-1703660941.jpeg

Photo-(9)-1703660941.jpeg

rastrapati-1703658824.jpg

astrapati-1703656958.jpg

प्रकाशित मिति: १२:५७ बजे, बुधबार, पुस ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्