Kathmandu Press

राष्ट्रपति पौडेलबाट बागलुङ कालिकामा पूजाआराधना

राष्ट्रपति पौडेलबाट बागलुङ कालिकामा पूजाआराधना
Hardik ivf

ढोरपाटन (बागलुङ), पुस ११ : राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन्। सातौं बागलुङ महोत्सव उद्घाटनका लागि आज यहाँ आएका राष्ट्रपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधना गरेका हुन्।

मन्दिरका मूल पूजारी जयबहादुर खड्काको उपस्थितिमा राष्ट्रपति पौडेलले करिब २० मिनेट पूजा आराधना गरेका थिए। सो अवसरमा कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले राष्ट्रपति पौडेललाई सम्मानपत्र र मायाको चिनो प्रदान गरे। 

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान बागलुङ बजार आइपुगेका हुन्। उनलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए।

प्रकाशित मिति: १२:१८ बजे, बुधबार, पुस ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्