Kathmandu Press

सरकारले बनाइदियो डेढ लाख परिवारलाई सुरक्षित आवास

प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा मंगलबार सार्वजनिक सरकारको प्रगतिमा सरकारले कार्यक्रमअन्तर्गत अहिलेसम्म डेढ लाखभन्दा धेरै परिवारलाई सुरक्षित आवास बनाएको उल्लेख छ।
सरकारले बनाइदियो डेढ लाख परिवारलाई सुरक्षित आवास

काठमाडौं, पुस ११ : सरकारले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत डेढ लाख परिवारलाई सुरक्षित आवास अनुदान दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा मंगलबार सार्वजनिक सरकारको प्रगतिमा सरकारले कार्यक्रमअन्तर्गत अहिलेसम्म डेढ लाखभन्दा धेरै परिवारलाई सुरक्षित आवास बनाएको उल्लेख छ।

Hardik ivf

हाल शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित सो कार्यक्रमबाट १ लाख ६२ हजार ७२० लाभग्राहीका लागि सुरक्षित नागरिक आवास भवन निर्माण भएको हो। त्यस्तै, मन्त्रालयले देशका विभिन्न स्थानमा ३६ वटा बस्तीहरूमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

हाल सुरक्षित आवासका लागि २९ लाख ९९२ परिवार छनोट भई आवास निर्माण प्रक्रिया अघि बढेको छ। सरकारले पछिल्लो वर्षमा थप ३५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण गरेको छ भने अन्य ३८ वटा सरकारी कार्यालय भवन निर्माण भइरहेका छन् ।

पछिल्लो एक वर्षमा देशभर १४ वटा सभाहलहरू निर्माण सम्पन्न भएको छन् । त्यस्तै, अन्य १६ वटा सभाहलहरू निर्माण भइरहेका छन्। भूकम्पबाट क्षति भएका ९ सय २० वटा पुरातात्विक सम्पदामध्ये हालसम्म ७ सय २६ वटा सम्पदाको पुनर्निर्माण कार्य सम्पन्न भएको छ।

मन्त्रालयका अनुसार वाग्मती लगायत यसका सहायक नदीहरूमा इन्टरसेप्टर ढल निर्माण, कोरिडोर सडक कालोपत्रे, अस्फाल्ट कङ्क्रिट गर्ने तथा नदी नियन्त्रण गर्ने कार्यलाई तीव्रता दिइएको छ।

त्यस्तै, नदी किनारामा पार्क तथा वातावरणीय सुधारसम्बन्धी निर्माण कार्य चलिरहेको छ भने यही वर्ष धाप ड्याम निर्माण सम्पन्न गरेको छ।

प्रकाशित मिति: ११:३२ बजे, बुधबार, पुस ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्