Kathmandu Press

समाजवादी मोर्चाले प्रमुख शहरहरूमा सन्देश सभा गर्ने

प्रमुख शहरहरूमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतासहितका सवालहरूका विषयमा सन्देश दिने गरी सन्देश सभा गर्ने विषयमा छलफल भएको जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले बताए।
समाजवादी मोर्चाले प्रमुख शहरहरूमा सन्देश सभा गर्ने

काठमाडौं, पुस ११ : सत्तारुढ दल नेकपा माओवादी केन्द्रसहित चार कम्युनिष्ट पार्टीहरू सम्मिलित समाजवादी मोर्चाले देशका प्रमुख शहरहरूमा सन्देश सभा गर्ने भएको छ।

बुधबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ७७ वटै जिल्लामा मोर्चाका जिल्ला कमिटीहरू गठन गर्ने र प्रमुख शहरहरूमा सन्देश सभा गर्ने निर्णय गरेको हो। कुन शहरमा कहिले कस्ता कार्यक्रम गर्ने भन्ने विषयमा भने टुंगो लागिसकेको छैन।

Hardik ivf

प्रमुख शहरहरूमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतासहितका सवालहरूका विषयमा सन्देश दिने गरी सन्देश सभा गर्ने विषयमा छलफल भएको जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले बताए।

‘मोर्चाले अहिलेसम्म गरिरहेका कार्यक्रमहरूको विषयमा समीक्षा भयो। वर्तमान राजनीतिक परिस्थितिका विषयमा समेत कुराकानी भयो,’ उनले भने, ‘हाम्रो राजनीतिक आन्दोलनको उपलब्धिकारुपमा रहेका संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणाली लगायतका विरुद्धमा अहिले चारैतिरबाट आक्रमण भइरहेको अवस्था छ । यसलाई सरकारले केही हदसम्म तोडेको पनि छ। मोर्चाकातर्फबाट हामीले देशका प्रमुख शहरहरूमा सन्देश दिने गरी कार्यक्रमहरू गर्ने निर्णय गरेका छौं।’

उनले त्यसबारे बुधबारै बेलुका बस्ने बैठकले थप छलफलपछि निर्णय गर्ने बताए। उनले सरकारले गरिरहेका राम्रा काम र प्रयासहरूका विषयमा जनतालाई सन्देश पनि पु¥याउन सन्देश सभा गर्न लागिएको बताए।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम विप्लव लगायत शीर्ष नेताहरू सहभागी थिए।

अर्को बैठक बुधबार साँझ ६ बजे बस्ने नेताहरूले जनाएका छन्।

प्रकाशित मिति: ११:२८ बजे, बुधबार, पुस ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्