Kathmandu Press

कोशी, बागमती र गण्डकी प्रदेश आंशिक बदली रहने

यस्तै, आज दिउँसो र रातिपनि कोशी, बागमती र गण्डकीका केही भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने विभागले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेश आंशिक बदली रहने

काठमाडौं, पुस ११ : जल तथा मौसम विज्ञान विभागले, देशमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

Hardik ivf

यस्तै, आज दिउँसो र रातिपनि कोशी, बागमती र गण्डकीका केही भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने विभागले जनाएको छ ।

देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । 

तापक्रम घटेकाले काठमाडौँमा दिउँसो घाम लागे पनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ ।

प्रकाशित मिति: ०७:३१ बजे, बुधबार, पुस ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्