Kathmandu Press

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि, के छन् एजेण्डा ? 

तीन दिनसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने बताइएको छ । 
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि, के छन् एजेण्डा ? 

काठमाडौं, पुस १० : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

तीन दिनसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने बताइएको छ । 

Hardik ivf

महासचिव घनश्याम भुसालका अनुसार बैठकमा देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल हुनेछ । बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिनेछ । 

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकातर्फबाट उमेदवारको छनोटका लागि मापदण्ड तय गर्ने, संगठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने उनले बताएका छन् । 

पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांठनिक प्रतिवेदन पेस गर्नेछन् । 

प्रकाशित मिति: ०७:२० बजे, बुधबार, पुस ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्