Kathmandu Press

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु गरिएको र बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको हो । 
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं, पुस ११ : जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि सुुनुवाइ हुनेछ । अन्तिम सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुन लागेको हो । 

न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु गरिएको र बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको हो । 

Hardik ivf

यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । 

सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।

प्रकाशित मिति: ०७:१४ बजे, बुधबार, पुस ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्