Kathmandu Press

लोकगायिका हरिदेवीको ३८ बर्ष पुरानो ‘पाइन खबर’ को ‘रिमेक’ (भिडियो) 

कोइरालाले ३८ बर्ष पुरानो लोकप्रिय गीत ‘पाइन खबर’ गीतको नयाँ म्युजिक भिडियो निर्माण गरेकी हुन् । २०४२ सालमा कोइरालाले यसै गीतबाट औपचारिक रुपमा लोकगीतसंगीतको क्षेत्रमा पाइला चालेकी थिईन् ।
लोकगायिका हरिदेवीको ३८ बर्ष पुरानो ‘पाइन खबर’ को ‘रिमेक’ (भिडियो) 

काठमाडौं, पुस ११ : बरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले आफ्ना कालजयी गीतलाई ‘रिमेक’ गरेकी छिन् । 

कोइरालाले ३८ बर्ष पुरानो लोकप्रिय गीत ‘पाइन खबर’ गीतको नयाँ म्युजिक भिडियो निर्माण गरेकी हुन् । २०४२ सालमा कोइरालाले यसै गीतबाट औपचारिक रुपमा लोकगीतसंगीतको क्षेत्रमा पाइला चालेकी थिईन् ।

Hardik ivf

उनले हालसालै आफ्नै युटुब च्यानलबाट उक्त गीतको भिडियो सार्बजनिक गरेकी हुन् । गीतको म्युजिक भिडियोले पुरानो गीतको झल्को दिएको छ । 

भिडियोमा नबिन तिमिल्सिना, सगुन नेपाल, बिष्णुमाया लामिछाने, राम बहादुर कोइराला, नेत्र प्रसाद ढकाल, भवन पन्त र राजु नेपालीले अभिनय गरेका छन् । गीतमा हरिदेवी कोइराला स्वंयमको पुरानै भर्जनको स्वरलाई यथावत राखिएको छ ।

हरिदेवीका श्रीमान समेत रहेका राम बहादुर कोइराला गीतको भिडियोका निर्देशन र निर्माता हुन् । आफ्ना पुराना लोभ हुने क्रममा रहेका गीतहरुलाई पुनः दर्शक, श्रोतामाझ पुर्‍याउने उद्देश्यले  ‘रिमेक’ गरेको हरिदेवीले बताईन् ।

उनले आफ्ना २१ वटा गीतको नयाँ म्युजिक भिडियो निर्माण भईसकेको र विस्तारै सार्बजनिक गर्ने उनले बताईन् । 

प्रकाशित मिति: ०७:४८ बजे, बुधबार, पुस ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्