Kathmandu Press

‘तीन वटा जहाज खरिद प्रक्रियाको अन्तिममा छौं’

दुर्गम क्षेत्रहरुमा उडान गर्न सरकार तीन वटा जहाज खरिद प्रक्रियाको अन्तिम चरणमा रहेको उनले बताए।
‘तीन वटा जहाज खरिद प्रक्रियाको अन्तिममा छौं’

काठमाडौं, पुस १० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दुर्गम क्षेत्रहरुमा उडान गर्न तीन वटा जहाज खरिद प्रक्रियाको अन्तिम चरणमा रहेको बताएका छन्।
 
पुष्पकमल दाहाल नेतृत्वको सरकारको मंगलबार वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरे। दुर्गम क्षेत्रहरुमा उडान गर्न सरकार तीन वटा जहाज खरिद प्रक्रियाको अन्तिम चरणमा रहेको उनले बताए।

‘हाम्रो देशको पर्यटन पुरानो लयमा फर्किएको छ । करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक आइसकेका छन्। नेपाल वायु सेवा निगमको क्षेत्रमा आएको एक महिनामा हामीले इ–टिकेटिङ लागू ग¥यौं,’ मन्त्री किरातीले भने, ‘भर्खरै मात्र तीन वटा जहाज खरिदको अन्तिम चरणको प्रक्रियामा अगाडि बढिरहेको छौं।’

Hardik ivf

१२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्वीन अटर जहाजलाई पुनः मर्मत गरी सञ्चालन गर्न लागिएको र योसँगै निगमसँग ६ वटा जहाज हुने पनि उनले बताए। उनले भने, ‘१२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्वीन अटर जहाजलाई पुनः मर्मत गर्दैछौं । त्यसलाई चाँडै सञ्चालनमा ल्याउने छौं । हामीसँग त्यसपछि ६ वटा ट्वीन अटर जहाजहरु हुनेछ।’

हवाई उडान हुन नसकेका २२ वटा विमानस्थलहरु सहज ढंगले सञ्चालन गर्ने काममा पनि आफू सफल भएको जिकिर उनले गरे।

 

प्रकाशित मिति: १९:४७ बजे, मंगलबार, पुस १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्