जसपामा विभागहरु पुनर्गठन गर्न प्रस्ताव
पार्टीको मंगलबारको कार्यकारिणी समिति बैठकमा संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठले यस्तो प्रस्ताव गरेका हुन्।(16)-1703596331.jpg)
काठमाडौं, पुस १० : जनता समाजवादी पार्टी (जसपा)को राजनीतिक समितिका सदस्यहरुलाई छुट्टाछुट्टै जिम्मेवारी तोक्न प्रस्ताव आएको छ।
पार्टीको मंगलबारको कार्यकारिणी समिति बैठकमा संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठले यस्तो प्रस्ताव गरेका हुन्।
विभिन्न विभागका जिम्मेवारी तोक्दा नेताहरुको सक्रियता बढ्ने भन्दै प्रस्ताव ल्याइएको हो। पार्टी प्रवक्ता मनीषकुमार सुमनका अनुसार सदस्यहरुलाई जिम्मेवारी दिन ३०÷३५ वटा विभाग पुनः गठन गर्न प्रस्ताव आएको छ।
उक्त प्रस्तावमा गहन छलफल भने बाँकी नै छ । ‘प्रस्तावको मस्यौदा आयो, बैठकमा त्यसमा छलफल भयो,’ उनले भने, ‘अर्को बैठकमा पुनः छलफल गरेर निर्णय हुनेछ ।’
प्रकाशित मिति: १८:५७ बजे, मंगलबार, पुस १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












