‘कार्यक्षमता प्रमाणित गर्न नसके ठाउँ ओगटिरहन जरुरी छैन’
सकारात्मक परिवर्तनको आशा जगाउन नसके पद ओगटिरहनु जरूरी नरहेको भनाई उनको थियो ।
काठमाडौं, पुस १० : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्षमता प्रमाणित गर्न नसके ठाउँ ओगटिरहनु पर्ने जरुरी नभएको बताएका छन्। देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
‘कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ,’ उनले भने । सकारात्मक परिवर्तनको आशा जगाउन नसके पद ओगटिरहनु जरूरी नरहेको भनाई उनको थियो ।
संवोधनकाक्रममा प्रधानमन्त्री दाहालले क्रमभंगताका लागि सबै राजनीतिक दलहरुलाई आह्वान समेत गरेका छन्। प्रधानमन्त्री दाहालले, ‘म दलहरु, नागरिक समाज, राज्यका निकाय सबैलाई क्रम भंगताको अपिल गर्दछु ।’
प्रकाशित मिति: १८:३३ बजे, मंगलबार, पुस १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










