Kathmandu Press

‘उत्पादन र रोजगारी वृद्धि अबको लक्ष्य हो’

‘यो पक्कै उपलब्धि हो तर यसमा सन्तुष्ट भएर राष्ट्र बन्दैन। उपभोक्ता मूल्य वृद्धिदरलाई आमजनताले महसुस गर्ने गरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब मेरो प्राथमिकतामा छ,’ प्रधामन्त्री दाहालले भने।
‘उत्पादन र रोजगारी वृद्धि अबको लक्ष्य हो’

काठमाडौं, पुस १० : सरकारको अबको लक्ष्य उत्पादन र रोजगारी वृद्धि भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्।

मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्यात बढाउने गरी उत्पादन वृद्धि गर्न आवश्यक पहल गर्ने बताए। उनले यस मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशत बिन्दुले कम भएको बताए।

प्रधानमन्त्री दाहालले जनताले महसूस गर्नेगरी सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अबको आफ्नो प्राथमिकता भएको बताए।

Hardik ivf

‘यो पक्कै उपलब्धि हो तर यसमा सन्तुष्ट भएर राष्ट्र बन्दैन। उपभोक्ता मूल्य वृद्धिदरलाई आमजनताले महसुस गर्ने गरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब मेरो प्राथमिकतामा छ,’ प्रधामन्त्री दाहालले भने।

उनले मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकहरूको आधार ब्याजदर एकल अंकमा पुगेको र ऋणको ब्याजदर पनि घटेको बताउँदै यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने उल्लेख गरे।

भुक्तानी सन्तुलन झण्डै १५० अर्ब रुपैंयाले सकारात्मक रहनु र विगत कैयौं वर्षदेखि घाटामा रहेका चालु खाता समेत नाफामा रहनु सरकारको अर्को गणनीय उपलब्धि भएको दाहालले बताए ।

उनले पूँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा आफू चिन्तित बनेको र सुधारका लागि गम्भीर गृहकार्य गरिरहेको बताए।

विप्रेषण आप्रवाहमा २६ प्रतिशतले वृद्धि भएको बताउँदै प्रधानमन्त्री दाहालले अब आफ्नो ध्यान विप्रेषणसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित हुने बताए।

 

प्रकाशित मिति: १८:०० बजे, मंगलबार, पुस १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्