Kathmandu Press

‘गेमचेन्जर’ ठूला जलविद्युत् आयोजनाहरूमा सरकारको ध्यान केन्द्रित छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले भारत, बंगलादेश र चीनसमेते विद्युत् व्यापारका साझेदार बन्ने परिस्थिति तयार भएकाले सरकार गेमचेन्जर ठूला जलविद्युत् आयोजनाहरूमा लागेको बताए।
‘गेमचेन्जर’ ठूला जलविद्युत् आयोजनाहरूमा सरकारको ध्यान केन्द्रित छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, पुस १० : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पुष्पकमल दाहालले ‘गेमचेन्जर’ ठूला जलविद्युत् आयोजनाहरूमा सरकारले ध्यान केन्द्रित गरिरहेको बताएका छन्।

मंगलबार आफू प्रधानमन्त्री भएको १ वर्ष पुरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भारत, बंगलादेश र चीनसमेते विद्युत् व्यापारका साझेदार बन्ने परिस्थिति तयार भएकाले सरकार गेमचेन्जर ठूला जलविद्युत् आयोजनाहरूमा लागेको बताए।

Hardik ivf

उनले बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि पेट्रोलियम पदार्थमा लगाइँदै आएको पूर्वाधार करसमेत सोही आयोजनालाई उपलब्ध गराइने र स्रोतको अभाव हुन नदिने बताए। तीन वर्षभित्र सम्पन्न गर्ने गरी नेपाल विद्युत् प्राधिकरणबाट १०,८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको थप अध्ययन सुरु भएको समेत उनले बताए।

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले १,९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको अध्ययन सम्पन्न भएको बताउँदै हाल कार्यान्वयनमा रहेको ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनालाई आफूले सिधै पनि सहजीकरण गरिरहेको र १,०६३ मेगावाट क्षमताको माथिल्लो अरूण आयोजनालाई लगानी जुटाउने कार्य अन्तिम चरणमा पुगेको उल्लेख गरे।

तीन महिनाभित्र टेस्टिङ कमिसनिङ भइरहेका थप आयोजनाहरूबाट करिव ५६४ मेगावाट उत्पादन थप हुने दाबी प्रधानमन्त्रीको छ। हालसम्म ९,१६४ मेगावाटका जलविद्युत् आयोजनाको निजी क्षेत्रसँग विद्युत् खरिद सम्झौता सम्पन्न भएको र जसमध्ये यस वर्षमात्र करिव २२ सय मेगावाट बराबरको विद्युत् खरिद सम्झौता सम्पन्न भएको पनि बताए।

अब ६७८ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना पनि सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्री दाहालले बताए। उनले भने, ‘राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरू अब एआईजडित ड्रोन प्रविधिबाट नियमित अनुगमन गर्ने प्रणाली जडान गरिँदैछ। प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट यस्ता आयोजनाहरूको नियमित अनुगमन गर्न मैले सुरु गरिसकेकोछु।’

प्रकाशित मिति: १७:४३ बजे, मंगलबार, पुस १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्