कार्यक्षमता कमोजर भएका राजदूतलाई फिर्ता बोलाउने सरकारको तयारी
‘आर्थिक र कूटनतीति नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि आह्वान गर्दछु,’ प्रधानमन्त्री दाहालले भने, ‘कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी गर्दैछौं।’
काठमाडौं, पुस १० : कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी सरकारले गरेको छ।
आफू प्रधानमन्त्री भएको १ वर्ष पुरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले विदेश पठाएका नेपाली राजदूत र कूटनीतिक नियोग प्रमुखहरूलाई कार्यक्षमताका आधारमा मात्रै पदमा राख्ने स्पष्ट पारे।
‘आर्थिक र कूटनतीति नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि आह्वान गर्दछु,’ प्रधानमन्त्री दाहालले भने, ‘कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरूलाई फिर्ता बोलाउने तयारी गर्दैछौं।’
मुलुकमा लगानी ल्याउने भूमिका खेल्ने र पर्यटन वृद्धिका लागि कूटनीतिक गतिविधि हुनुपर्ने प्रधानमन्त्री दाहालको भनाई थियो।
प्रकाशित मिति: १७:३८ बजे, मंगलबार, पुस १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार