Kathmandu Press

‘प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तनमा लागेको छु’

निर्धारित पूर्वकार्यक्रमबाहेक सार्वजनिक कार्यक्रममा नजाने घोषणा पनि प्रधानमन्त्री दाहालले गरेका छन्।
‘प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तनमा लागेको छु’

काठमाडौं, पुस १० : प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्न लागेको बताएका छन्।

आफू प्रधानमन्त्री भएको एक वर्ष पुरा भएको अवसरमा मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यसै साता प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्न लागेको बताए।

Hardik ivf

‘यसै साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु,’ उनले सम्बोधनका क्रममा भने, ‘सिंगो राज्यका लागि यो एउटा संकेत र सन्देश हुनेछ।’

यस्तै, निर्धारित पूर्वकार्यक्रमबाहेक सार्वजनिक कार्यक्रममा नजाने घोषणा पनि प्रधानमन्त्री दाहालले गरेका छन्। उनले नयाँ नीति तथा कार्यक्रम, बजेट निर्माणमा लाग्ने स्पष्ट पारे।

विकास र सुशासनका पक्षमा आफूले पहल लिन लागेको बताउँदै सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले यसमा समस्या समाधानका लागि कदम चाल्नुपर्ने अवस्था आएको उल्लेख गरे।

प्रकाशित मिति: १७:३३ बजे, मंगलबार, पुस १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्