एकाथरीले नकारात्मकताको डढेलो लगाउने काम गरिरहेकाछन् : प्रधानमन्त्री
प्रधानमन्त्री दाहालले एकथरीले नकारात्मकता र हीन भावनामा मलजल गरिरहेको बताएका हुन्।
काठमाडौं, पुस १० : प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा नकारात्मकताको डढेलो लगाउने काम भइरहेको बताएका छन्।
मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त भनाई राखेका हुन्। प्रधानमन्त्री दाहालले एकथरीले नकारात्मकता र हीन भावनामा मलजल गरिरहेको बताएका हुन्।
उनले मुलुक आर्थिक समृद्धितर्फ अघि बढिरहेको जिकिर गरे। देशमा उल्लेख्य रुपमा विद्युत उत्पादन भइरहेको बताउँदै उनले भने, ‘हाल देशमा २ हजार ८ सय ९२ मेगावाट विद्युत उत्पादनमा सफलता मिलेको छ।’
प्रकाशित मिति: १७:२७ बजे, मंगलबार, पुस १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










