राष्ट्रपति पौडेल भोलि बाग्लुङ जाने
गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औधोगिक, व्यापारमेला एवम् सातौं बाग्लुङ महोत्सव २०८० को कार्यक्रममा सहभागी हुन उनी बाग्लुङ जाने तय भएको जनाइएको छ।
काठमाडौं, पुस १० : राष्ट्रपति रामचन्द्र पौडेल बुधबार बाग्लुङ जाने कार्यक्रम तय भएको छ।
गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औधोगिक, व्यापारमेला एवम् सातौं बाग्लुङ महोत्सव २०८० को कार्यक्रममा सहभागी हुन उनी बाग्लुङ जाने तय भएको जनाइएको छ।
उक्त महोत्सवको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने तयारी छ। राष्ट्रपति पौडेलले यस अवसरमा बाग्लुङ कालिका मन्दिर पुगेर पूजा अर्चना गर्ने र शालिग्राम संग्राहलयको अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ।
प्रकाशित मिति: १५:३५ बजे, मंगलबार, पुस १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार