Kathmandu Press

पशुपति हिन्दु विश्वविद्यालयको निर्माण द्रुत गतिमा अगाडी बढाउन मन्त्री किरातीको निर्देशन

डा.जगमान गुरुङको संयोजकत्वमा रहेको समितिको बैठकमा मंगलबार बोल्दै मन्त्री किरातीले गत चैत्रमा गठित समितिको हाल सम्मको प्रगति विवरण माग्दै मन्त्रालयस्तरबाट गर्नुपर्ने समन्वय र पहलबारे सुझाउन समेत समितिलाई आग्रह गरेका छन्।
पशुपति हिन्दु विश्वविद्यालयको निर्माण द्रुत गतिमा अगाडी बढाउन मन्त्री किरातीको निर्देशन

काठमाडौं, पुस १० : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पुशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीले पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडी बढाउन निर्देशन दिएका छन्।

विश्वविद्यालय स्थापनका लागि डा.जगमान गुरुङको संयोजकत्वमा रहेको समितिको बैठकमा मंगलबार बोल्दै मन्त्री किरातीले गत चैत्रमा गठित समितिको हाल सम्मको प्रगति विवरण माग्दै मन्त्रालयस्तरबाट गर्नुपर्ने समन्वय र पहलबारे सुझाउन समेत समितिलाई आग्रह गरेका छन्।

Hardik ivf

बैठकमा समतिका सदस्यले हाल अध्ययन, अनुसन्धान संगै मस्यौदाको चरणमा रहेको बताएका छन्।

पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक समेत रहनुभएका समितिका सदस्य सचिव डा.घनश्याम खतिवडाले सरकारको सैद्धान्तिक निर्णयसंगै परिषद्बाट हुने नितिगत निर्णय सहज भएमा विश्वविद्यालय स्थापनाले गति बताए।

यो विश्व विद्यालयले अध्ययन अनुसन्धानलाई प्रथामिकता दिने गरी प्रारम्भिक रुपरेखा बनिरहेको उनको भनाई थियो। यस विश्वविद्यालयमा नेपालका सवै धर्मशास्त्रहरुको अध्ययन अनुसन्धान गराइने समितीका सदस्य चेतनाथ गौतमलेख बताए।

विश्वविद्यालयमा कम कक्षा र बढी अनुसन्ध गराइने प्रारुप तयार गरिएको अर्का सदस्य डा.प्रेमबहादुर खत्रकिो दाबी थियो । नेपालमुखि अनुसन्धन, धर्म, शास्त्र र संस्कृतिलाई विश्वमै स्थापित गर्ने गहन संस्थाका रुपमा यस विश्व विद्यालयलाई स्थापना गरिने खत्रीको भनाई थियो।

प्रकाशित मिति: १५:०६ बजे, मंगलबार, पुस १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्