Kathmandu Press

‘सामाजिक सञ्जाल प्रयोगले निम्त्याएका चुनौती सामना गर्न सामुहीक प्रयास आवश्यक छ’

चाइना नेपाल मिडिया समिटलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालको बढ्दो प्रयोग निम्त्याएका चुनौतीहरुको सामना गर्नु सबैको साझा दायित्व भएको बताइन्।
‘सामाजिक सञ्जाल प्रयोगले निम्त्याएका चुनौती सामना गर्न सामुहीक प्रयास आवश्यक छ’

काठमाडौं, पुस १० : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सामाजिक सञ्जालको बढ्यो प्रयोगले निम्त्याएका चुनौती सामना गर्नु साझा दायित्व भएको बताएकी छिन्।

मंगलबार काठमाडौंमा आयोजित दोस्रो चाइना नेपाल मिडिया समिटलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालको बढ्दो प्रयोग निम्त्याएका चुनौतीहरुको सामना गर्नु सबैको साझा दायित्व भएको बताइन्। उलने यसको प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाउन कानून निर्माण भइरहेको उल्लेख गरिन्।
 
‘सामाजिक सञ्जालको बढ्यो प्रयोगले निम्त्याएका चुनौतीहरुको सामना गर्नु पनि हाम्रो साझा सरोकार हो,’ उनले भनिन्, ‘नेपालमा यसको प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाउन कानुन निर्माणको प्रक्रिया हामीले अगाडि बढाएका छौ।’

Hardik ivf

मन्त्री शर्माले सम्मेलनमा सुचना प्रविधिले मिडिया क्षेत्रमा ल्याएका अवसर, चुनौती तथा आर्थिक संकुचनका कारण बढ्दो संकट समाधान गर्न चिनिँया मिडियाहरुले के गरिरहेको छ भन्ने कुरा छलफल हुने विश्वास व्यक्त गरिन्।

सूचना प्रविधिका पछिल्ला आविष्कारहरू प्रयोग गर्दै सबै खाले मिडियाहरुलाई राम्रो प्लेटफर्ममा लानु अनिवार्यता भइसकेको बताइन्।

प्रकाशित मिति: १५:०० बजे, मंगलबार, पुस १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्