Kathmandu Press

सिन्धुलीमा महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट, श्रीमानसहित ७ जना पक्राउ

कुटपिट प्रकरणमा पीडितका श्रीमान् सन्तोषसहित ७ जना पक्राउ परेका छन्। पीडित थापाले आफूलाई श्रीमानले अपहरण गरेको भन्दै केही दिनअघि प्रहरी कहाँ जानकारी समेत दिएको पाइएको छ।
सिन्धुलीमा महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट, श्रीमानसहित ७ जना पक्राउ

सिन्धुली, पुस १० : लेनदेनको विषयलाई लिएर सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर मरणासन्न हुने गरी कुटपिट गरिएको छ।

कमलामाई नगरपालिका–४ की स्थानीय शारदा थापामाथि यसरी निर्घात कुटपिट भएको हो। अमानवीय व्यवहार भएको सूचना पाएपछि प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोली गाउँमा पुगेर अनुसन्धान सुरु गरेको छ।

Hardik ivf

प्रहरीले थापालाई बाँधेर राखेकै अवस्थामा उद्धार गरी अहिले सुरक्षित राखिएको जनाएको छ। प्रहरीले ति महिलालाई बेहोस अवस्थामा उद्दार गरेको थियो। कुटपिटबाट थापाको शरीरमा निलडामहरु छन्।

ऋण लिएको बिषयमा पीडित महिलाका श्रीमान् सन्तोष थापा समेतको मिलेमोतोमा बाँधेर कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ। थापाले आफ्ना श्रीमानसँग सम्वन्धविच्छेदको मुद्दा दिएको समेत खुलेको छ।

कुटपिट प्रकरणमा पीडितका श्रीमान् सन्तोषसहित ७ जना पक्राउ परेका छन्। पीडित थापाले आफूलाई श्रीमानले अपहरण गरेको भन्दै केही दिनअघि प्रहरी कहाँ जानकारी समेत दिएको पाइएको छ।

आफूलाई सिस्नु पानीले हानेर यातना दिँदै आएको गुनासो समेत प्रहरी समक्ष गरेकी थिइन्। थापाले अदालतमा गएर न्यायाधीशसँग भेटेर आफ्नो कुरा राख्ने प्रहरीलाई बताएको जनाइएको छ।

उक्त घटनामा पीडितका श्रीमानसँगै स्थानीय स्तरमा राजनीतिमा संलग्न व्यक्तिसमेत पक्राउ परेका छन्। प्रहरीले उनीहरुको नाम सार्वजनिक गर्ने तयारी गरेको छ। अदालतबाट म्याद थप गरेर सबैको विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

पक्राउ परेका स्थानियले थापालाई सम्बन्ध विच्छेदको मुद्दा फिर्ता गर्न दबाब दिएको प्रहरीको भनाई छ।

प्रकाशित मिति: १३:२७ बजे, मंगलबार, पुस १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्