राष्ट्रियसभा उमेदवार चयन गर्न जसपा कार्यकारिणी समिति बैठक बस्दै
केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाए अनुसार बैठक पार्टी कार्यालय, ललितपुर बालकुमारीमा बस्दै छ।
काठमाडौं, पुस १० : राष्ट्रियसभा सदस्यको उमेदवार चयन गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ।
केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाए अनुसार बैठक पार्टी कार्यालय, ललितपुर बालकुमारीमा बस्दै छ।
बैठकमा राष्ट्रियसभा सदस्यको उमेदवार चयनसहित आसन्न पार्टीको राजनीतिक समितिको बैठक, केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँटलगायत विषयमा पनि छलफल हुने जनाइएको छ।
पार्टीको राजनीतिक समितिको बैठक आगामी पुस २५ गतेदेखि काठमाडौंमा बस्दै छ। यस्तै पुस २७ गतेदेखि केन्द्रीय समितिको बैठक बस्दै छ।
प्रकाशित मिति: १३:०४ बजे, मंगलबार, पुस १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











