Kathmandu Press

अनमीलाई जातीय विभेद गर्ने स्वास्थ्य चौकी इन्चार्ज शाही पक्राउ

उनीविरुद्ध तुलसाले आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन्। उनलाई सोमबार प्रहरीले सदरमुकाम गमगढीबाट पक्राउ गरेको मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।
अनमीलाई जातीय विभेद गर्ने स्वास्थ्य चौकी इन्चार्ज शाही पक्राउ

मुगु, पुस १० : मुगुको सोरु गाउँपालिका–९ स्थित खनैयाँ स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाही पक्राउ परेका छन्। सोही स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसाकुमारी विश्वकर्मालाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले शाहीलाई पक्राउ गरेको हो।

उनीविरुद्ध तुलसाले आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन्। उनलाई सोमबार प्रहरीले सदरमुकाम गमगढीबाट पक्राउ गरेको मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।

Hardik ivf

प्रहरीले यसअघि सुरजकी झ्यापु शाही र स्थानीय व्यापारी धनप्रसाद भट्टलाई पक्राउ गरिसकेको छ।

अनमी विकलाई घरबाट निकाल्न खोजेका शाहीले घटना बाहिर आएपछि समेत सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द उल्लेख गरेर पोष्ट गरेका थिए।

प्रकाशित मिति: १२:१५ बजे, मंगलबार, पुस १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्