Kathmandu Press

हिटर बालेर सुतेका पूर्ववडाध्यक्षको मृत्यु

सोमबार राति हिटर बालेर सुतेका पूर्ववडाध्यक्ष ८२ वर्षीय कर्मा ग्याल्बो लामाको मृत्यु भएको हो। लामा नमोबुद्ध–१का पूर्ववडाध्यक्ष हुन्।
हिटर बालेर सुतेका पूर्ववडाध्यक्षको मृत्यु

काभ्रे, पुस १० : काभ्रेको नमोबुद्ध नगरपालिकामा हिटर र फलामको कराइमा आगो बालेर सुत्दा पूर्ववडाध्यक्षको मृत्यु भएको छ।

सोमबार राति हिटर बालेर सुतेका पूर्ववडाध्यक्ष ८२ वर्षीय कर्मा ग्याल्बो लामाको मृत्यु भएको हो। लामा नमोबुद्ध–१का पूर्ववडाध्यक्ष हुन्।

Hardik ivf

उनीसँगै सुतेका श्रीमती ८१ वर्षीया असनी लामालाई घाइते भएकी छिन्। बेहोस भएकी उनलाई अस्पताल भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ।

राति खाना खाएपछि कोठा न्यानो पार्न हिटर र फलामको कराइमा आगो बालेर उनीहरु सुतेका थिए। बिहान अबेरसम्म पनि नउठे पछि छोरा बुहारीले ढोका खोलेर हेर्दा दुवै जना बेहोस अवस्थामा भेटिएका थिए।

तत्काल धुलिखेल अस्पताल पुर्‍याइएकामा बुबा कर्मालाई केहीबेरमा अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो।

प्रकाशित मिति: १२:११ बजे, मंगलबार, पुस १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्