Kathmandu Press

अबको वर्ष सरकारले नयाँ रेकर्डहरू बनाउँछ : प्रधानमन्त्री दाहाल

‘अब नयाँ वर्षमा नयाँ ढंगले काम गर्ने प्रण गरेको छु। म आफैँले नयाँ ढंगले काम थालिसकेको छु । अबको वर्ष सरकारले प्रदान गर्ने सेवाको क्षेत्रमा, विकासको क्षेत्रमा र सुशासनको क्षेत्रमा केही न केही रेकर्डहरू बनाउँछ, बनाउनैपर्नेछ।’
अबको वर्ष सरकारले नयाँ रेकर्डहरू बनाउँछ : प्रधानमन्त्री दाहाल

काडमाडौं, पुस १० : प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारले अबको वर्षमा सेवा, विकास र सुशासनको क्षेत्रमा नयाँ रेकर्डहरू बनाउने बताएका छन्।

मंगलबार विहान १३१औं माओ दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले यही वर्ष पनि केही रेकर्डहरू कायम गरेको र त्यसबारे आफूले साँझ गर्ने सम्बोधनमा जानकारी गराउने बताए।

Hardik ivf

‘सरकारले एक वर्ष पूरा गरेको छ। योबीचमा केही न केही रेकर्डहरू त बनेकै छन्। त्यसलाई नजिकबाट नियाल्ने मानिसहरूले देख्नुभएकै छ,’ उनले भने, ‘अब नयाँ वर्षमा नयाँ ढंगले काम गर्ने प्रण गरेको छु। म आफैँले नयाँ ढंगले काम थालिसकेको छु । अबको वर्ष सरकारले प्रदान गर्ने सेवाको क्षेत्रमा, विकासको क्षेत्रमा र सुशासनको क्षेत्रमा केही न केही रेकर्डहरू बनाउँछ, बनाउनैपर्नेछ।’

उनले मंगलबार साँझ गर्ने सम्बोधनमा आफूले सरकारको एक वर्षको समीक्षा गर्ने र अर्को वर्षको कार्य प्राथमिकताका विषयमा प्रष्ट पार्ने बताए।

माओप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री दाहालले दश वर्षे जनयुद्ध र शान्तिकालमा पार्टीमा योगदान पु¥याएका नेता कार्यकर्ताहरूको योगदानलाई समेत स्मरण गरे।

प्रकाशित मिति: ११:१३ बजे, मंगलबार, पुस १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्