Kathmandu Press

सरकार गठनको एक वर्ष पूरा, प्रधानमन्त्री प्रचण्डले देशबासीको नाममा सम्बोधन गर्ने

गतवर्ष मंसिर ४ गते निर्वाचन भएपछि संसद्को तेश्रो शक्ति बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० प्रधानमन्त्री नियुक्त भएका थिए । मंगलबार दाहाल प्रधानमन्त्री नियुक्त भएको ठीक एक वर्ष पूरा भएको छ । 
सरकार गठनको एक वर्ष पूरा, प्रधानमन्त्री प्रचण्डले देशबासीको नाममा सम्बोधन गर्ने

काठमाडौ, पुस १० : नयाँ संविधान जारी भएपछि दोश्रो आवधिक निर्वाचन भएर सरकार गठन भएको मंगलबार एक वर्ष पूरा भएको छ। 

गतवर्ष मंसिर ४ गते निर्वाचन भएपछि संसद्को तेश्रो शक्ति बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० प्रधानमन्त्री नियुक्त भएका थिए । मंगलबार दाहाल प्रधानमन्त्री नियुक्त भएको ठीक एक वर्ष पूरा भएको  । 

Hardik ivf

सो अवसरमा प्रधानमन्त्री दाहालले देशबासीका नाममा विशेष सम्बोधन गर्ने जनाएका छन् । दाहालको सचिवालयका अनुसार मंग्लबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ। 

संसद्को अधिवेशन स्थगित भइसकेको अवस्थामा प्रधानमन्त्री दाहालले पत्रकार सम्मेलन गर्दै देशबासीलाई सम्बोधन गर्न लागेका हुन् । सम्बोधनमा प्रधानमन्त्री दाहालले सरकारको एक वर्षको समीक्षा, आगामी कार्यदिशा र विशेष घोषणाहरू समेत गर्ने जनाइएको छ । तेश्रो पटक प्रधानमन्त्री बन्दा पहिलो पटक एक वर्षे कार्यकाल पूरा गर्न पाएका प्रधानमन्त्री दाहालले अब नयाँ ढंगले काम गर्ने बताउँदै आएका छन्। 

दाहाल ०७३ मा पहिलो पटक प्रधानमन्त्री हुँदा नौ महिनामै सरकार ढलेको थियो भने ०६५ मा पनि उनले प्रधानमन्त्रीकोरुपमा १० महिनाभन्दा बढी समय कटाउन पाएनन्। 
 

प्रकाशित मिति: ०८:०८ बजे, मंगलबार, पुस १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्