Kathmandu Press

उधौली र यःमरी पुन्हिका अवसरमा देउवाले दिए शुभकामना 

एक शुभकामना सन्देश मार्फत देउवाले किराँत समुदायको महान सांस्कृतिक पर्व उधौली, नेवार समुदायको यःमरी पुन्हि, ज्यापु दिवस र धान्य पूर्णिमाको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका हुन् । 
उधौली र यःमरी पुन्हिका अवसरमा देउवाले दिए शुभकामना 

काठमाडौं, पुस १० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज परेका विभिन्न समुदायका पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

एक शुभकामना सन्देश मार्फत देउवाले किराँत समुदायको महान सांस्कृतिक पर्व उधौली, नेवार समुदायको यःमरी पुन्हि, ज्यापु दिवस र धान्य पूर्णिमाको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका हुन् । 

Hardik ivf

उनले नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक भएकोले प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट र सदभावयुक्त परम्परा रहेको उल्लेख गरेका छन् । 

देउवाले यस्ता पर्वहरुले सम्पूर्ण नेपालीहरुका बीचमा सामाजिक सद्भाव कायम गर्दै आफ्ना सांस्कृतिक उन्नयन गर्न र राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्‍याएको भन्दै पर्वहरुले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै मुलुकलाई आर्थिक समृद्धिको दिशामा अग्रसर गराउन सबैलाई प्रेरित गर्न सकोस् भनेका छन् ।  

प्रकाशित मिति: ०६:३४ बजे, मंगलबार, पुस १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्