Kathmandu Press

बाघको आक्रमणबाट युवकको मृत्यु

उनको खोजतलाश गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीले जानकारी दिए।
बाघको आक्रमणबाट युवकको मृत्यु
Hardik ivf

वीरगञ्ज, पुस ९ : बाघको आक्रमणबाट पर्सामा एक युवकको मृत्यु भएको छ। बाघको आक्रमणमा परी पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको मृत्यु भएको हो।

घर नजिकै जङ्गलमा शौच गर्न गएका धाँगड आज बेपत्ता भएका थिए। उनको खोजतलाश गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीले जानकारी दिए।

‘धाँगडको टाउको र खुट्टा नभएको अवस्थामा शव फेला परेको छ,’ उनले भने। धाँगडको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:०८ बजे, सोमबार, पुस ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्