Kathmandu Press

सबै धर्मको मुख्य पर्वमा बिदा दिनु सम्मान हो : सांसद खतिवडा

क्रिसमसको शुभकामना दिँदै उनले नेपाललाई सबै जातजाति, धर्म सम्प्रदाय मिलेर अझ धेरै एकताबद्ध, सुसंस्कृत र बलियो बनाउन लाग्नुपर्ने भन्दै त्यसका लागि आग्रह पनि गरे।
सबै धर्मको मुख्य पर्वमा बिदा दिनु सम्मान हो : सांसद खतिवडा

काठमाडौं, पुस ९ : कांग्रेस सांसद रामहरी खतिवडाले नेपालमा सबै धर्मको सम्मान गर्ने परम्परा विकसित भएकाले यसलाई निरन्तरता दिनुपर्ने बताएका छन्।

क्रिसमसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले जबर्जस्ती धर्म परिवर्तनको बाटोमा मुलुकलाई लान नहुने बताए। उनले सरकारले सबै धर्मको मुख्य पर्वमा बिदा दिएर सम्मान गर्ने परम्पराको थालनी गरेको उल्लेख गर्दै यसले निरन्तरता पाउनुपर्ने बताए।

Hardik ivf

‘हामीले जनै लगाउँदा बिदा पाउने तर तपार्इंहरुले क्रिसमस वा ल्होसार मनाउदा विदा नपाउने चलन थियो, यो पद्धतिको सरकारले अन्त्य गरेर सबै धर्मको सम्मान गर्ने परम्पराको विकसित भएको छ, यसलाई निरन्तरता दिऔं,’ उनले भने।

जबर्जस्ती धर्म परिवर्तन गराउन लागेकासँग भने सचेत हुनुपर्नेमा जोड दिदै उनले धर्म परिवर्तनको बाटोमा मुलुकलाई लैजान नहुने प्रष्ट पारे। उनले भने, ‘जबर्जस्ती धर्म परिवर्तनको बाटोमा मुलुकलाई लान हुँदैन । आफ्नो इच्छाले आफ्नो धर्म मान्ने पद्धतिको विकास गरौं।’

क्रिसमसको शुभकामना दिँदै उनले नेपाललाई सबै जातजाति, धर्म सम्प्रदाय मिलेर अझ धेरै एकताबद्ध, सुसंस्कृत र बलियो बनाउन लाग्नुपर्ने भन्दै त्यसका लागि आग्रह पनि गरे।

‘सबै जाति, धर्म, जाति, सम्प्रदाय मिलेर नेपाललाई अझ सुसंस्कृत, अझ दरिलो र एकताको देश बनाउन सबै मिलेर लागौं,’ उनले भने ।

 

प्रकाशित मिति: १९:१६ बजे, सोमबार, पुस ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्