Kathmandu Press

रास्वपाको नारायणगढ–बुटवल दबाब यात्रा

दबाब यात्रा सुरु हुनु अगाडि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले निर्धारित समयमा सडक विस्तार नहुँदा स्थानीयलाई समस्या परेको भन्दै सडक चाँडो निर्माण गराउन दबाब दिन यात्रा सुरु गरिएको बताएका थिए।
रास्वपाको नारायणगढ–बुटवल दबाब यात्रा

नवलपुर, पुस ९ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल खण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा सुरु गरेको छ।

पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित भृकुटीचोकबाट दबाबमूलक पदयात्राको सुरुवात गरिएको हो।

Hardik ivf

दबाब यात्रा सुरु हुनु अगाडि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले निर्धारित समयमा सडक विस्तार नहुँदा स्थानीयलाई समस्या परेको भन्दै सडक चाँडो निर्माण गराउन दबाब दिन यात्रा सुरु गरिएको बताएका थिए।

‘यो बाटो बनेको छैन, विकास आयोजना नबन्दा स्थानीयवासी, यात्रु, व्यवसायीदेखि सबैलाई कष्टकरण जीवन भोग्नुपरेको छ,’ उनले भने, ‘यसलाई लिएर नीति निर्माण तहमा पनि कुरा हुन्छ।’

बन्द कोठाभित्र बसेर नीति निर्माण गर्नु र फिल्डमा आएर स्थानीयले भोगेको समस्या एकछिन मात्रै भोग्दा पनि उनीहरुको पीडाको बारेमा बोध हुने उजले बताए।

‘आमसर्वसाधारण सधैँभरि हिँडेका छन्, दौडेका छन्, धूलो बाटोमा सवारीसाधन चलाएका छन्, धूलाम्ये भएका छन्, हिलाम्मे भएका छन्,’ अध्यक्ष लामिछानेले भने, ‘तर, हामी नीति निर्माताले पनि सबैतिरबाट दबाब दिनुपर्ने भएकाले यात्रामा हिँडेका हौं।’

दुई पटक म्याद थप गर्दासमेत समयमा सडक विस्तारको काम नसकिने देखिएपछि यसलाई अझ बढी सार्वजनिक चासोमा ल्याउन र यसको महत्वबारे सबै सामु ल्याउन जरुरी रहेको उनले बताए।

समयमै विकास आयोजनाका काम सम्पन्न गराउनका लागि दबाब सृजना गरिएका विभिन्न कार्यक्रममध्येको एउटा कार्यक्रमका रुपमा दबाब यात्रालाई लिएको उनले बताए।

प्रकाशित मिति: १८:३४ बजे, सोमबार, पुस ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्