Kathmandu Press

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति खोज्दै प्रधानमन्त्री दाहाल, बालुवाटारमा शीर्ष नेताको बैठक

सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालले डाकेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति खोज्दै प्रधानमन्त्री दाहाल, बालुवाटारमा शीर्ष नेताको बैठक

काठमाडौं, पुस ९ : संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन बालुवाटारमा शीर्ष तीन दलको नेताहरुबीच बैठक सुरु भएको छ।

सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालले डाकेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Hardik ivf

बैठकमा कांग्रेस उपसभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री धनराज गुरुङ, माओवादीका उपमहासचिव वर्षमान पुन, एमालेका सचेतक महेश बर्तौलालगायत नेताहरु सहभागी छन्।

दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पु¥याउन आइतबार पनि शीर्ष दलका नेतासँग बालुवाटारमै छलफल गरेका थिए । तीन दलका शीर्ष नेताहरुबीच संक्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्ण दिन प्रधानमन्त्री दाहालले पुनः बैठक राखेका हुन्।

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा विचाराधीन छ । उच्च राजनीतिक तहमा सहमति जुटाएर सरकारले हिउँदे अधिवेशनबाट विधेयकलाई टुंग्याउने तयारी गरिरहेको छ।

प्रकाशित मिति: १७:५७ बजे, सोमबार, पुस ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्