सभापति देउवाद्वारा दमौलीस्थित बिपी स्मृति भवनकाे उद्घाटन

तनहुँ, पुस ९ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस तनहुँको नवनिर्मित भवनको उद्घाटन गरेका छन्।
सभापति देउवाले आज (सोमबार) दमौलीस्थित बिपी स्मृति भवनकाे उद्घाटन गरेका हुन्। कांग्रेस तनहुँको जिल्ला सम्मेलन उद्घाटनका लागि उनी तनहुँ पुगेका हुन्।
देउवा तनहुँमा बिपी स्मृति भवन निर्माणमा सहयोग गर्ने दातालाई सम्मान पनि गरे। त्यसै गरी तनहुँ कांग्रेसद्वारा प्रकाशित स्मारिका विमोचनसमेत गरे।


प्रकाशित मिति: १५:१९ बजे, सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












