९ करोडको भ्रष्टाचार मुद्दामा कार्यालय सहयोगीले पाए ‘क्लिन चिट’
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठसहितको इजलासले आइतबार सफाई पाउने फैसला सुनाएको हो।
काठमाडौ, पुस ९ : मालपोत कार्यालय चाबहिलमा कार्यरत तत्कालिन कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध ९ करोड रुपैयाँ बराबर अकुत सम्पत्ति आर्जनमा दायर भएको मुद्दामा विशेष अदालतले सफाइ दिएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठसहितको इजलासले आइतबार सफाइ पाउने फैसला सुनाएको हो।
कार्यालय सहयोगी बस्नेतसहित श्रीमती सिता बस्नेत, आमा टुकुकुमारी बस्नेत र भतिजी कृपा बस्नेतले पनि सफाई पाएका छन्। बस्नेतविरुद्ध ९ करोड रुपैयाँ गैरकानुनी सम्पत्ति (अकुत) आर्जनको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ १६ गते मुद्धा दायर गरेको थियो।
बस्नेतविरुद्ध मालपोत कार्यालयमा नक्कली रसिद काटेर राजस्व चुहावट गरी अकुत सम्पत्ति आर्जन गरेको आरोप समेत लगाइएको थियो।
प्रकाशित मिति: १४:४४ बजे, सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












