प्रधानमन्त्री दाहालले भाेलि ३ बजे राष्ट्रका नाममा सम्बाेधन गर्ने

काठमाडौं, पुस ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भाेलि (मंगलबार) ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेका अवसरमा प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। २०७९ पुस १० गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिम कांग्रेसलगायतका दलको सहमतीमा प्रधानमन्त्री पदमा नियुक्त भएका थिए। दाहाल नेतृत्वकाे सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको दाबी गरेकाे छ।
भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिन उनले सम्बोधन गर्न लागेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले केही दिनअघि सरकारको काममा तदारुकता ल्याउन मन्त्री फेरेरै भए पनि परिणाम दिने बताएका थिए। उनी












