Kathmandu Press

आरती साह मृत्यु प्रकरणमा मोतीबाबु पुनः पक्राउ

सोमबार बिहान ११ बजे मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता चोकस्थित सगुन ग्यालेक्सी होटलबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय लगिएको छ। 
आरती साह मृत्यु प्रकरणमा मोतीबाबु पुनः पक्राउ

जनकपुर, पुस ९ : आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन्। 

सोमबार बिहान ११ बजे मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता चोकस्थित सगुन ग्यालेक्सी होटलबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय लगिएको छ। 

सर्वोच्च अदालतले गत मंसिर २० मा आरतीका पति मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन आदेश दिएको थियो।
गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ९ थापा चोकस्थित घरमामा आरती मृत अवस्थामा फेला परेकी थिइन्।

आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरिएको थियो।

जिल्ला अदालतले उनी दुबै जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर उच्च अदालत जनकपुरको आदेशमा उनीहरू साधारण तारिखमा रिहा भएका थिए।
 
प्रकाशित मिति: १२:०९ बजे, सोमबार, पुस ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्