कैद सजाय सकिएदै दिन माेरङमा कैदीको मृत्यु

विराटनगर, पुस ९ : मोरङ जिल्ला कारागारका एक कैदीको मृत्यु भएको छ।लेनदेनसम्बन्धी ठगी मुद्दामा कैद सजाय भोगिरहेका विराटनगर महानरपालिका–१० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज सोमबार विहान मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि कोशी अस्पतालमा लगिएको थियो।दुई दिनदेखि सोही अस्पतालमा उपचार गराइरहेका उनको बिहान मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए।लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिन २२ दिन कैद सजाय तोकेको थियो ।
अदालतले उनका लागि तोकेको कैद सजाय आजै सकिँदै थियो।सजाय सकिने दिन नै उनको मृत्यु भएको हो ।
प्रकाशित मिति: ११:५६ बजे, सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











