बुटबल–पाल्पा सडक पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने
सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि एक सय दिनसम्म सडक बन्द गर्न लागिएको हो। सडक सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुनेछ।
रुपन्देही, पुस ९ : सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–पाल्पा सडक खण्ड पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ।
सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि एक सय दिनसम्म सडक बन्द गर्न लागिएको हो। सडक सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुनेछ।
सुरुङ मार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक र दुई र स्लोप क्षेत्रको कार्य गर्दा बाटो साँघुरो भएको कारण राजमार्गको सिद्धबाबा खण्ड पुस १६ गतेबाट सय दिन बन्द हुनेछ।
अत्यावश्यक सवारीसाधनलाई कुनै रोक नलगाइएको बताइएको छ।
सुरुङ निमार्ण थालेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङ निमार्ण कार्य गर्दा यातायात सञ्चालन गरी काम गर्दा जोखिम हुने भएकाले रातिको समयमा सडक बन्द गरेर काम गर्न लागेको हो।
सिद्धार्थ राजमार्गको बुटवल(पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्ग बनाउने काम जारी छ ।











