Kathmandu Press

नारायणगढ–बुटवल सडकमा रास्वपाको दबाब यात्रा आजदेखि

रास्वपाका सभापति रवि लामिछानेले सडक निर्माणमा सरकारले बेवास्ता गरेको र निर्माण कम्पनीले लापरबाही गरेको भन्दै दबाबस्वरुप पैदल यात्रा गर्ने घोषणा गरेका हुन्।
नारायणगढ–बुटवल सडकमा रास्वपाको दबाब यात्रा आजदेखि

चितवन, पुस ९ : नारायणगढदेखि बुटवलसम्मको सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि दबाब यात्रा गर्दैछ।

रास्वपाका सभापति रवि लामिछानेले सडक निर्माणमा सरकारले बेवास्ता गरेको र निर्माण कम्पनीले लापरबाही गरेको भन्दै दबाबस्वरुप पैदल यात्रा गर्ने घोषणा गरेका हुन्।

नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर तीन दिनसम्म लगाएर पैदल हिडेर पार गर्ने रास्वपाको तयारी छ।

‘पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको बिलम्ब र अहिले यात्राक्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु यात्राको मुख्य उदेश्य हो,’ सभापति लामिछानेले भनेका छन्, ‘यात्रामा मलाई पार्टीका नेतागण र सांसदहरूले पनि साथ दिँदै हुनुहुन्छ।’

उनले यात्राका क्रममा दायाँबायाँ बस्ती छिरेर भेला गर्ने र कार्यक्रमहरू गर्ने समय अभाव भएको बताएका छन्। उनले यो यात्राका माध्यमबाट सांकेतिकरुपमा सडक निर्माणमा सरकारको ध्यानाकर्षण गराउन चाहेको समेत बताएका छन् ।

उनले दबाब यात्रा सहभागीलाई झण्डा, लोगो, टिसर्टलगायत पार्टी सम्बद्ध कुनै पनि बस्तु प्रयोग नगर्नसमेत आग्रह गरेका छन्।

प्रकाशित मिति: ०९:४० बजे, सोमबार, पुस ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्