Kathmandu Press

निजामती कर्मचारीको भन्दा शिक्षकले बढी तलब पाउनुपर्छ : पूर्व शिक्षामन्त्री पौडेल

‘एक रुपैयाँ भए पनि शिक्षकको तलब बढी हुनुपर्छ भन्ने पक्षमा छु म । एक रुपैयाँ ठूलो कुरा होइन राज्यले त्यसरी प्रोत्साहन नदिने हो भने शिक्षा प्रणाली सुर्धान सकिँदैन,’ सांसद् पौडेलले भने।
निजामती कर्मचारीको भन्दा शिक्षकले बढी तलब पाउनुपर्छ : पूर्व शिक्षामन्त्री पौडेल

काठमाडौं, पुस ८ : पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजामती कर्मचारीको तुलनामा कम्तिमा एक रुपैयाँ भएपनि शिक्षकको तलब बढी हनुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उनले राज्यले निजामती कर्मचारीको तुलनामा ‘एक रुपैयाँ भएपनि’ शिक्षकको तलब बढी राख्न नसके शिक्षा प्रणली सुधार नहुने बताएका हुन्।

‘एक रुपैयाँ भए पनि शिक्षकको तलब बढी हुनुपर्छ भन्ने पक्षमा छु म । एक रुपैयाँ ठूलो कुरा होइन राज्यले त्यसरी प्रोत्साहन नदिने हो भने शिक्षा प्रणाली सुर्धान सकिँदैन,’ सांसद् पौडेलले भने।

उनले शिक्षकले उठाएका माग एक पटकका लागि अन्तिम भनेर भए पनि सम्बोधन गर्न पर्नेमा जोड दिए।

प्रकाशित मिति: १९:४१ बजे, आइतबार, पुस ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्