Kathmandu Press

फौजदारी न्याय प्रणालीलाई वस्तुनिष्ठ अभियोजन आवश्यक छ : प्रधानन्यायाधीश श्रेष्ठ

उनले महान्यायाधिवक्ताको कार्यालयबाट अनुसन्धान र अभियोजनका सन्दर्भमा देखिएका समस्या र चुनौती सम्बोधनको प्रयास भइरहेको बताए।
फौजदारी न्याय प्रणालीलाई वस्तुनिष्ठ अभियोजन आवश्यक छ : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं, पुस ८ : सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वैज्ञानिक अनुसन्धान र वस्तुनिष्ट अभियोजनले मात्र फौजदारी न्याय प्रणालीलाई सही दिशामा लैजान सक्ने बताएका छन्।

महान्यायाधिवक्ताको कार्यालयको ७३औं स्थापना दिवस समारोहलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उनले महान्यायाधिवक्ताको कार्यालयबाट अनुसन्धान र अभियोजनका सन्दर्भमा देखिएका समस्या र चुनौती सम्बोधनको प्रयास भइरहेको बताए।

Hardik ivf

‘वैज्ञानिक अनुसन्धान र वस्तुनिष्ट अभियोजनले मात्र न्याय सम्पादनलाई सहयोग गर्न र फौजदारी न्याय प्रणालिलाई सही दिशामा लैजान सक्छ,’ उनले भने, ‘फौजदारी न्याय प्रणालीको केन्द्रीय भूमिकामा रहेको महान्यायधिवक्त्ताको कार्यालयबाट अनुसन्धान र अभियोजनका सन्दर्भमा देखिएका समस्या र चुनौतीहरुको सम्बोधनका लागि विभिन्न काम हुँदै आएका छन्।’

सरकारी वकिलहरुको व्यवसायिक विकासका लागि प्रयासहरु हुँदै आएको उनले बताए। नीतिगत कानुनी एवम् कार्यविधिगत सुधार र कार्यालयको भौतिक सुधार समेत भएको भनाइ उनको थियो।

‘सरकारी वकिलहरुको व्यवसायिक विकासका लागि महत्वपूर्ण प्रयासहरु हुँदै आएका छन्,’ प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘नीतिगत कानुनी एवम् कार्यविधिगत सुधार विभिन्न मापदण्डको निर्माण, सरकारी वकिल कार्यलयको भवन निर्माणसमेत भौतिक सुधार लगायतका विषयमा उल्लेखनीय कार्य भएको पाएको छु।’

संघीयताका नयाँ अभ्यासहरुको कार्यान्वयन अनुसन्धान र अभियोजनको तहबाट नै गर्न सकिएन भने फौजदारी न्याय प्रणालीको स्तरोन्नति हुन नसक्ने उनको भनाइ थियो।

 

प्रकाशित मिति: १९:३२ बजे, आइतबार, पुस ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्