लुम्बिनीका नवनियुक्त दुईमन्त्रीले लिए शपथ
माओवादी केन्द्रकी कृष्णा केसीलाई ग्रामीण, खानेपानी तथा शहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग वाणिज्य तथा यातायात मन्त्री बनेका छन्।
दाङ, पुस ८ : लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गाेपनियताकाे शपथ लिएका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई आइतबार साँझ शपथ गराएका हुन्।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार माओवादी केन्द्रकी कृष्णा केसीलाई ग्रामीण, खानेपानी तथा शहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग वाणिज्य तथा यातायात मन्त्री नियुक्त गरेका थिए ।
थापा र केसी शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको संख्या ९ पुगेको छ।
प्रकाशित मिति: १९:२९ बजे, आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
