Kathmandu Press

शिक्षा विधेयक छिटो निष्कर्षमा र्‍याउन मन्त्री राईको आग्रह

शिक्षकहरुको सेवा सुविधा र शिक्षा क्षेत्रमा खेल्नुपर्ने भूमिका र जिम्मेवारीलाई पनि सुनिश्चित गर्न आवश्यक रहेको उनले बताए।
शिक्षा विधेयक छिटो निष्कर्षमा र्‍याउन मन्त्री राईको आग्रह

काठमाडौं, पुस ८ : शिक्षामन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक चाँडो टुंगो लगाउन संसदीय समितिसँग आग्रह गरेका छन्।

आइतबार प्रतिनिधिसभाको शिक्षा समितिमा उनले शिक्षामा भएको लगानीलाई फलदायी बनाउन विधेयक छिटो पास भएर कार्यान्वयनमा जान जरुरी रहेको उनले बताए। समितिले नियमित बैठक राखेर छलफलसँगै विधेयक चाँडो टुंगो लगाउन आवश्यक भएको उनको भनाइ थियो।

‘यो ऐन धेरै नै महत्वपूर्ण छ । हाम्रो राष्ट्रिय शिक्षा पद्धतिलाई कसरी अगाडि बढाउने, प्रभावकारी बनाउने र आजसम्म शिक्षामा भएको लगानीलाई फलदायी कसरी बनाउने भन्नेमा समय मन्त्रालयको तर्फबाट मिलाउँछौं,’ उनले भने, ‘नियमित बैठक राखेर यसलाई टुंग्याइदिन पाए मुलुकको ठूलो कल्याण हुने थियो।’

शिक्षकहरुको सेवा सुविधा र शिक्षा क्षेत्रमा खेल्नुपर्ने भूमिका र जिम्मेवारीलाई पनि सुनिश्चित गर्न आवश्यक रहेको उनले बताए।

प्रकाशित मिति: १८:४१ बजे, आइतबार, पुस ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्