सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा सुरुमा पीडिततर्फबाट सरकारी वकिलले बहस गरेका थिए।
काठमाडौं, कात्तिक ८ : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणसम्वन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। आइतवार पनि काठमाडौँ जिल्ला अदालतमा दायर बलात्कार मुद्दाको अन्तिम सुनुवाइ जारी रहेको छ।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा सुरुमा पीडिततर्फबाट सरकारी वकिलले बहस गरेका थिए। सरकारी वकीलको वहश सकिएपछि पीडितको तर्फबाट एकजना कानुन व्यवसायीले बहस गर्दैगर्दा नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो।
उक्त प्रकरणमा लामिछाने दोषी रहेको जिकिर गर्दै हदैसम्मको सजाय माग गरिएको छ। पीडितका तर्फबाट बहस पूरा भएपछि लामिछाने तर्फबाट कानुन व्यवसायीले बहस गर्ने छन्। उक्त मुद्दाको सुनुवाइ आगामी बुधबारका लागि हेर्दाहेदैमा राखिएको छ।
प्रकाशित मिति: १७:४४ बजे, आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











