रवि लाई खोया प्रहार गर्नेलाई १० दिन हिरासतमा राखिने

पोखरा, पुस ८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार पोखरामा खोया प्रहार गर्ने युवकलाई १० दिन हिरासतमा राखिने भएको छ।
सार्वजनिक ठाउँमा शान्ति भंग गरेको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले १० दिन प्रहरीलाई हिरासतमा राख्न अनुमति दिएको हो। शनिबार रविले पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहँदा ती युवकले खोया प्रहार गरेका थिए। उनलाई खोया प्रहार गर्ने युवक लमजुङको राइनास नगरपालिका–८ का सन्तोष रानाभाट हुन्।
प्रहरीले राइनासबाट उनको विवरण मगाएर अनुसन्धान अगाडि बढाएको जनाइएको छ। लामिछानेले खोया हान्ने व्यक्तिलाई केही नगर्न आग्रह गरे पनि प्रहरीले भने प्रतिवेदनका आधारमा भन्दै मुद्दा अगाडि बढाएको जनाइएको छ।
प्रकाशित मिति: १७:३३ बजे, आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











