एमाले सांसद कोइरीको निलम्बन फुकुवा
महोत्तरी १ बाट निर्वाचित उनी २०७९ वैशाख १९ गते निलम्बनमा परेका थिए।
काठमाडौं, पुस ८ : एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ। आज उनको निलम्बन फुकुवा भएको हो।
कोइरीले आफूमाथिकाे निलम्बन फुकुवा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका थिए। महोत्तरी १ बाट निर्वाचित उनी २०७९ वैशाख १९ गते निलम्बनमा परेका थिए।
मधेस आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि सम्पर्कविहीनउनले मंसिर २८ गते महोत्तरी जिल्ला अदालतबाट सफाइ पाएका थिए।
निर्वाचित भएपछि प्रतिनिधिसभाका केही बैठकमा उपस्थित कोइरी फरारको सूचीमा रहेको भनी प्रश्न उठेकाे थियाे।
प्रहरी प्रधान कार्यालयको पत्र समेतका आधारमा निलम्बनमा परेका कोइरीले २९ मंसिरमा जिल्ला अदालत महोतरीबाट सफाइ पाएका थिए।
प्रकाशित मिति: १७:२६ बजे, आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











