Kathmandu Press

राजनीति विकृतिको थुप्रोमा उभिएर किशुनजीलाई सम्झनु दुखद : मन्त्री गुरुङ

राजनीति विकृतिको थुप्रोमा उभिएर किशुनजीलाई सम्झनु दुखद : मन्त्री गुरुङ

काठमाडौं, पुस ८ : कानुन न्याय तथा संघीय मामिलामन्त्री धनराज गुरुङले नेपाली राजनीतिमा विसंगति र विकृतिको थुप्रो देखिएको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराई (किशुनजी) को शतवार्षिक जन्मोत्सव विशेष कार्यक्रममा बोल्दै उनले नेपाली राजनीतिमा देखिएको विसंगति र विकृतिको थुप्रोमा उभिएर किशुनजीलाई सम्झनुपर्दा अप्ठ्यारो महसुस भएको बताएका हुन्।

उनले भने, ‘नेपाली राजनीतिमा देखिएको विसंगति र विकृतिको थुप्रोमा उभिएर किशुनजीलाई सम्झनुपर्दा अलि अप्ठ्यारो हुँदोरहेछ त्यसैले किशुनजीले मलाई आशिर्वाद दिनुहोस् स्वर्गबाट कि त्यो फोहोर र विकृतिको डङ्गुर सफा गर्न सक्ने शक्ति दिनुहोस् भन्ने कामना गर्न चाहन्छु।’

उनले कृष्णप्रसादको जस्तो सन्त, निष्ठाभाव आफूमा पनि अलिअलि सरिदिए साँच्चिकै श्रदाञ्जली गरेको पुग्ने बताए।

प्रकाशित मिति: १६:३५ बजे, आइतबार, पुस ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्