Kathmandu Press

संकल्प यात्रा असाधारण रूपमा सफल भएको ओलीकाे दाबी

संकल्प यात्रा असाधारण रूपमा सफल भएको ओलीकाे दाबी

काठमाडाैं, पुस ८ : एमालेले पार्टीले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प यात्रा असाधारण रूपमा सफल भएको जनाएको छ।

संकल्प यात्राका बिषयमा आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यात्राले असाधारण सामाजिक सद्भाव समेत कायम गरेको र राष्ट्रिय रूपमा धेरै सन्देश दिएको बताए। उनले जनतामा आएको नैराश्य भाव चिर्नलाई पनि यात्राले निक्कै सहयोग गरेको भन्दै राजनीतिक रूपका गलत भाष्यलाई गलत प्रमाणित गरेको जिकिर गरे।

ओलीले सर्वदलीय बैठकबाट, सर्वपक्षीय बैठकबाट पनि यात्राको क्रममा सुझाव आएकोले यात्रा सबै हिसाबले सफल भएको बताए। विकासका निम्ति बिभिन्न सुझाव यात्राको क्रममा आएको ओलीले प्रष्ट पारे।  नेपालमा आर्थिक विकासको प्रशस्त सम्भावना रहेको र त्यो सम्भावना यात्राको क्रममा पहिचान गरिएको ओलीले बताए।

त्यस्तै ओलीले यात्राको माध्यमबाट एमालेले राष्ट्रिय एकता जगाउने र लोकतन्त्रलाई थप सुदृढ गराउने काम गरेको ओलीले बताउनुभयो। जनताको बिचमा जाने र जनताको कुरा सुन्ने हिसाबले पनि यात्रा महत्त्वपूर्ण रहेको ओलीले बताउनुभयो। त्यस्तै उहाले यात्राका क्रममा सत्ताको दुरुपयोग पनि बिभिन्न स्थानमा देखिएको आरोप लगाए।

अध्यक्ष ओलीले लोकतन्त्र व्यापक प्रणाली र संघीयता त्यसको एउटा पक्ष भएको बताए। यात्राको क्रममा जनताले लोकतन्त्रको पक्षमा दृढता राखेको पाइएको ओलीको भनाइ छ। लोकतन्त्रलाई बलियो र संस्थागत बनाउन सबै लाग्नु पर्नेमा ओलीले जोड दिए। एमालेले सुशासनको आवाज उठाउदै आएको भन्दै एमाले नेतृत्वको सरकारमा पनि समृद्ध नेपाली सुखी नेपाली आकांक्षका नारा पुरा गर्ने गरि काम गरेको उहाले बताए। ओलीले अहिले सरकारको दोहारो चरित्र देखा परेको र वर्तमान सत्ता गठबन्धन कुशासन र भ्रष्टाचारको दुष्चक्रमा फसेको आरोप लगाए।

त्यस्तै ओलीले मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्राको सन्दर्भमा भूगोल र जनताको मागका विषयमा सरकारसँग गम्भीर छलफल गर्ने बताए।

प्रकाशित मिति: १६:३४ बजे, आइतबार, पुस ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्