सन्त नेता भट्टराईले देखाएको बाटोमै पार्टी र सरकार चलिरहेको छ : उपप्रधान मन्त्री खड्का
-1697442341.png)
काठमाडौं, पुस ८ : उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खड्काले, नेता कृष्णप्रसाद भट्टराईले देखाएको बाटोमा पार्टी र सरकार संचालन गरिरहेको जिकिर गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शतवार्षिक जन्मोत्सव विशेष कार्यक्रममा बोल्र्दै उनले, भट्टराईले देखाएको बाटोमा पार्टी र सरकार सञ्चालन गरिरहेको दाबी गरे।
कमजोरीलाई सच्याउने संकल्पसहित पार्टी र सरकारको गतिविधि अगाडि बढाउने उनको प्रतिबद्धता छ।
उनले भने, ‘उहाँलाई श्रद्धाञ्जली व्यक्त गदै हामीले पार्टी सञ्चालनमा र सरकार सञ्चालनमा उहाँले दिएको बाटोहरु र उहाँको. निष्ठाको कुरा गछौँ। उहाँको जीवन पद्धतिको कुरा गछौँ। कहाँ कहाँ हामीले गल्ती गरेको छौं। ती कुराहरु प्रति इमान्दारितापूर्वक स्मरण गदै भएका कमजोरीलाई सच्याउने दोहोरिन नदिने संकल्पसहित पार्टीको गतिविधि सरकारको गतिविधि अगाडि बढाउने प्रतिबद्धता र उहाँले देखाएको बाटोमा हिड्ने प्रतिबद्धता जनाउँछु।’
उनले स्वर्गीय नेता भट्टराई देश र जनताको लागि धेरै चिन्तित रहने व्यक्ति भएको भन्दै पञ्चायतको आन्दोलनमा लोकतन्त्रको पुनस्थापनाको लागि नेपाली माटोमा बसेर नेपाल नछोडी संघर्ष गर्नुपर्छ भनेर नेतृत्व गरेको कुरा विषेश रहेको बताए।
उनले भने,‘उहाँ देश र जनताको लागि धेरै चिन्तित हुनुथ्यो। पञ्चायतको आन्दोलनमा लोकतन्त्रको पुनस्थापनाको लागि पनि नेपाली माटोमा बसेर नेपाल नछोडी संघर्ष गर्नुपर्छ भनेर नेतृत्व गर्ने त्यो कुरा उहाँको विषेश छ।’











