व्यवस्था कमजोर पार्नेहरु विरुद्ध एक भएर लड्न आवश्यक : सभापति देउवा
कृष्णप्रसाद भट्टराईको शतवार्षिक जन्मोत्सव विशेषको अवसरमा आयोजित ‘आर्दशको राजनीति, विधिको शासन र किसुनजी’को योगदान विषयक अन्तरक्रियामा सभापति देउवाले वर्तमान व्यवस्थामाथि प्रहार भइरहेको भन्दै त्यसविरुद्ध सबै एक हुनु पर्ने बताएका हुन्।
काठमाडौं, पुस ८ : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालेले गणतन्त्रलाई कमजोर बनाउन व्यवस्थामाथि प्रहार गर्ने विरुद्ध सबै एक भएर लाग्नु पर्ने बताएका छन्।
कृष्णप्रसाद भट्टराईको शतवार्षिक जन्मोत्सव विशेषको अवसरमा आयोजित ‘आर्दशको राजनीति, विधिको शासन र किसुनजी’को योगदान विषयक अन्तरक्रियामा सभापति देउवाले वर्तमान व्यवस्थामाथि प्रहार भइरहेको भन्दै त्यसविरुद्ध सबै एक हुनु पर्ने बताएका हुन्।
‘अहिले व्यवस्थामाथि प्रश्न आइरहेको छ। कमजोर बनाउने कुरा भएको छ। हामी सबै एक भएर लाग्नुपर्छ। इतिहास फर्कने कुरा छैन। गणतन्त्रात्मक लोकतन्त्रको माध्यमबाट अघि बढ्नुपर्छ। यसमा कृष्णप्रसाद भट्टराईको ठूलो योगदान छ,’ सभापति देउवाले भने।
यस्तै, देउवाले पार्टीले कृष्णप्रसाद भट्टराईको विषयमा खोजीनीति गर्न नसकेको पनि बताएका छन्। भट्टराईको बारेमा पार्टीले राम्रो पुस्तकसमेत लेख्न नसकेको देउवाको भनाइ छ।
यस्तै देउवाले भट्राइलाई विद्यार्थी आन्दोलनको समयमा (२०२४) तिर आफूले पहिलो पटक नख्खु जेलमा भेटेको स्मरण गर्दै भट्टराईको राजनीतिक र नैतिक चरित्रबारे जति बोले पनि नपुग्ने बताए। उनले भट्टराईलाई उच्च सेन्स अफ ह्युमर भएको व्यक्तिको रुपमा स्मरण गरे।