Kathmandu Press

उद्याेगकाे लाइन काट्ने सरकारकाे कदम अनुचित : ओली

मध्यपहाडी यात्राका उपलब्धिबारे जानकारी गराउन आइतबार पार्टी कार्यालय च्यासलमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले  क्रममा उनले उद्यमी व्यवसायी तड्पिरहेको समयमा लाइन काटेर विद्युत बन्द गर्ने काम उचित नभएकाे बताएका हुन्।
उद्याेगकाे लाइन काट्ने सरकारकाे कदम अनुचित : ओली

काठमाडौं, पुस ८ : एमाले अध्यक्ष केपी ओलीले उद्याेगकाे लाइन काट्ने सरकारकाे कदम अनुचित भएकाे बताएका छन्।

मध्यपहाडी यात्राका उपलब्धिबारे जानकारी गराउन आइतबार पार्टी कार्यालय च्यासलमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले  क्रममा उनले उद्यमी व्यवसायी तड्पिरहेको समयमा लाइन काटेर विद्युत बन्द गर्ने काम उचित नभएकाे बताएका हुन्।

‘सरकारले डेडिकेटेड लाइनका नाममा पुरानो बिलअनुसार असुल गर्न खोज्दैछ। डेडिकेडेट लाइन जोडेर बिजुली दिएको छैन भने केको पैसा तिर्ने?' उनले भने, 'उद्यमी व्यवसायी तड्पिरहेको समयमा लाइन काटेर विद्युत बन्द गर्ने काम उचित होइन। खपत गरेको विद्युतको महसुल लिने सम्झौताअनुसार लिनुपर्छ । तर, सम्झौता एकातिर छ काम अर्कोतिर हुनुहुँदैन।’

सोही क्रममा ओलीले आफूहरूको यात्रा सम्पादकीय लेख्न नै नमिल्ने खालको नभएको बताए। सो यात्राको समाचारलाई कभर पेजमा स्थान नदिएकोमा पनि उनले असन्तुष्टि प्रकट गरे।

‘समृद्धिका लागि संकल्प यात्रा सफलतापूर्वक सम्पन्न भएको छ। साथ र सहयोगप्रति कृतज्ञ छौं, सबैप्रति आभारी छौं,’ अध्यक्ष ओलीले भने,‘सम्पादकीय लेख्न नमिल्ने खालको अथवा कभर पेजमा स्थान नपाउने खालको यो यात्रा थिएन।’ उनले थपे, ुसञ्चारमाध्यमहरूले जसरी महत्व दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु।’

एमालेले गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरू गरेको समृद्धिका लागि संकल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न गरेको थियो।

प्रकाशित मिति: १५:४४ बजे, आइतबार, पुस ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्